Monday, November 18, 2019

सुनको मुल्य ह्वात्तै घट्यो

प्रकाशित मिति: 2019/08/30

भदौ १३, काठमाडौं । सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि छापावाल सुनको मूल्य प्रतितोला ७२ हजार ४ सय र तेजावीको ७२ हजार १ सय रुपैयाँ तोकेको छ ।

बिहीबार छापावल सुनको मूल्य प्रतितोला ७३ हजार ४ सय र तेजावी सुनको मूल्य ७३ हजार एक सय पुगेको थियो ।
शुक्रबार चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले घटेर मूल्य ८ सय ८५ कायम भएको छ । हरितालिका तीज पर्व नजिकिए पनि सुनको बढ्दो मूल्यका कारण व्यापार ठप्प भएको व्यवसायीहरुले बताएका छन् ।

तपाईंको बिचार