Saturday, September 21, 2019

सरकारको परराष्ट्र नीति संकास्पद रहेको मोहन बैद्यको भनाई

प्रकाशित मिति: 2019/08/30

१३ भदौ, बुटवल । नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले रेशम चौधरीमाथि राज्य पक्षबाट अन्याय भएको बताएका छन् ।

टीकापुर घटना राजनीतिक भएको भन्दै उनले राजनीतिक रूपमै समाधान खोज्नुपर्ने बताए ।  
थारु समुदाय सामन्तवाद, सुदूरपश्चिम र मधेसीको चेपुवामा परेको उनको दाबी छ । टीकापुर घटनाको अर्को दिन थारु समुदायमाथि राज्यले निर्मम दमन गरेको भएपनि त्यसबारे कसैले नबोलेको क्रान्तिकारी माओवादीका अध्यक्ष वैद्यको भनाइ छ ।
अर्को एक प्रशंगमा उनले वर्तमान सरकारले कम्युनिष्टको बद्नाम मात्र गरेको टिप्पणी गरे । सरकारको परराष्ट्र र कूटनीतिक सम्बन्ध अपारदर्शी र शंकास्पद रहेको उनको दाबी छ ।  

 

तपाईंको बिचार