Saturday, September 21, 2019

एनसेलको सर्बोच्च फैसला :संसदिय समितिले छानबिन गर्ने

प्रकाशित मिति: 2019/08/30

१३ भदौ, काठमाडौं । प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिले एनसेलको कर विवादबारे सर्वोच्च अदालतले भदौ ९ गते गरेको फैसला अध्ययन गर्ने भएको छ ।

समितिको शुक्रबार बसेको बैठकमा सांसदहरुले एनसेलले तिनुपर्ने करबारे सर्वोच्चले सुनाएको फैसलाबारे अधययन गर्नुपर्ने बताएका थिए ।
सभापति पोखरेलले अर्को बैठकमा सांसदहरुले एनसेल कर छुटबारे सर्वोच्चको फैसलाबारे थप छलफल गर्ने बताए । भदौ ९ गते सर्वोच्च अदालतले ठूला करदाता कार्यालयले गत वैशाखमा निर्धारण गरेको कर बदर गरेको थियो ।

तपाईंको बिचार