Thursday, November 14, 2019

तीजको लागि १० वर्षपछि खुल्यो पशुपतिको पूर्वी ढोका, अब सधैंभरी खुल्ला रहने

प्रकाशित मिति: 2019/09/02

भदौ १६, काठमाडौं । २०६५ सालदेखि सर्वसाधारणका लागि बन्द गरिएको पशुपतिनाथ मन्दिरको पूर्वी ढोका यस वर्षको तीजदेखि खुला गरिएको हो । पशुपतिनाथ क्षेत्र विकास कोषले १० वर्षपछि पूर्वी ढोका सर्वसाधारणका लागि खुल्ला गरेको छ । 

कोषले पूर्वी गेटलाई लामो समयदेखि पशुपतिनाथ मन्दिरमा जल ल्याउनका लागि मात्र प्रयोग गर्दै आएको थियो । कोषका सदस्यसचिव डा.प्रदीप ढकालले यस वर्षदेखि सधैंभरीका लागि पूर्वी ढोका सर्वसाधारणका लागि खुल्ला हुने बताएका छन् ।

तीजमा छिटो र सहजरुपमा पशुपतिनाथ मन्दिरको दर्शन गराउनका लागि आजबाट पूर्वी ढोका खोलिएको हो । अब सधैंभरी सर्वसाधारणका लागि यो ढोका खुल्ला हुन्छ ।

तीज, बालाचतुर्दशी, महाशिवरात्रि, साउने सोमबार जस्ता बढी भीड हुने पर्वमा धेरै समयसम्म लाइनमा बस्नु परेको गुनासो भक्तजनबाट आउन थालेपछि कोषले पूर्वी ढोका पनि खुल्ला गरेको हो ।

तपाईंको बिचार