Monday, November 18, 2019

को हुन महासचिब पदका उमेद्धवार सरिता लामा ?

प्रकाशित मिति: 2019/09/02

भदौ १५, काठमाण्डौ । नेकपा समुहबाट युवा पर्यटन व्यावसायी सरिता लामाले टान महासचिवमा उमेद्धवारी दिएसँगै उनको सर्बत्र चर्चा सुरु भएको छ ।

टानमा अग्रज नेतृत्वले गरेका राम्रा कामको उत्तरदायित्व लिदै युवाको प्रतिनिधीका रुपमा काम गर्ने बताए ।

को हुन सरिता ?
रामेछापको दारुम्बा १ मा जन्मिएकी हुन उनी । पर्वतिय पर्यटनमा एकदशक बिताएकी लामा टानमा व्यावसायिक भरोसा टिकाईराख्नुपर्नेमा जोड दिन्छीन ।  अस द वालका सञ्चालक लामा सञ्चालक ढकाल व्यावसायीहरु माझ लोकप्रिय रहेकी छन ।
उमेद्धवारी किन ?
 नेपालको पर्यटन बिश्वकै लागि अनुकरणीय र लोभलाग्दो छ । सरकार तथा व्यावसायिक संस्थाका रुपमा अग्रज नेतृत्वहरुले यस क्षेत्रको बिकास गर्न जेजति काम गरे त्यसलाई धन्यबाद भन्दै समायानुकुल द्रुत गतिमा यस क्षेत्रको बिकास हुन जरुरी छ । अग्रजहरुले गरेका राम्रा कुराको उत्तरदायित्व लिदै चुस्त कार्यशैली अपनाएर युवाहरुले चाहेको स्पीडमा काम गर्नका लागि उमेद्धवारी दिएको हुँ । बुँदागत एजेण्डा हामीसँग ११ वटा रहेका छन । तर त्यो भन्दा बढि काम गर्ने गरी हामी मैदानमा छौ । थोरै एजेण्डा धेरै काम हाम्रो आजको मानसीकता हो । गफ धेरै लाउने र केही पनि नगर्ने प्रबृत्ति भन्दा गर्न सकिने तर नगरिएका कामहरुको चुस्त ढंगले समापन हुनपर्ने सबै व्यावसायीको माग छ । ठमेलमा २४ सै घण्टा पर्यटक हेल्प सेन्टर आवश्यक छ, यसको लागि म जुनसुकै मुल्य चुकाउन तयार छु ।

तपाईंको बिचार