Saturday, September 21, 2019

भोलिदेखि भदौ २१ सम्म कागेश्वरी महामेलाको हुने, डेढ लाख पर्यटक भित्र्याउने घोषणा

प्रकाशित मिति: 2019/09/04

भदौ १८, काठमाडौं  कागेश्वरी मनोहरा नगरपालिकाको गागलफेदीमा अवस्थित् कागेश्वरी महादेव मन्दिरमा भदौ १९ गतेदेखि भदौ २१ गतेसम्म महामेला लाग्ने भएको छ । उक्त मेलाको सम्पूर्ण तयारी पूरा भएकोबारे कागेश्वरी महामेला व्यवस्थापन समितिले काठमाडौंमा बुधबार पत्रकार सम्मेलन गरि जानकारी गराएको छ ।

कागेश्वरी नगरपालिकका नगर प्रमुख एवम् महामेला व्यवस्थापन समितिका संरक्षक कृष्णहरि थापाले महामेला भव्य र सभ्य हुने बताउँदै देशभित्र र बाहिरका सबै भक्तजनहरुलाई निम्तो दिनुभयो । उहाँले मेलामा पर्यटन वर्ष–२०२० लाई लक्षित गर्दै एक लाख पचास हजार पर्यटक भित्र्याउने उद्धेश्य राखेको बताउनुभयो ।

तपाईंको बिचार