Wednesday, November 20, 2019

नेपालको छबी कस्तो बनाउने भन्ने व्यावसायीको हातमा छ :प्रचण्ड

प्रकाशित मिति: 2019/09/06

भदौ २० , काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहालले नेपालको छबी राम्रो बनाउनमा व्यावसायीको महत्वपूर्ण भुमिका हुने बताएका छन ।

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को ४१ औं साधारणसभा तथा चुनावलाई सम्बोधन गर्दै प्रचण्डले नेपालीहरु बहादुर, इमान्दार र महेनती छन् भन्ने छवि रहेको बताए ।  
व्यवसायका लागि राज्यले राम्रो वातावरण बनाइदिनुपर्छ भन्नेमा दुईमत नभएको उनले बताए । तर एकैपटक धेरै धन कमाउन खोज्दा दुर्घटनाबाहेक केही नहुने भन्दै सचेत गराए । पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले आफैंबाट सुरु नगरे सुशासन कायम हुन नसक्ने बताए ।

कार्यक्रममा पर्यटनमन्त्री योगेश भट्टराईले अन्तर्रा्ष्ट्रिय क्षेत्रमा नेपालको बदनाम हुने काम नगर्न आग्रह गरे ।  टानको यो चुनावी महाधिवेशन हो । शुक्रबार हुने निर्वाचनले नयाँ कार्यसमिति चयन गर्नेछ ।

तपाईंको बिचार