Saturday, September 21, 2019

ओलीले ५ बर्ष सरकार चलाउँछन :झलनाथ खनाल

प्रकाशित मिति: 2019/09/06

२० भदौ, भद्रपुर ।  नेकपा बरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा पाँच वर्षसम्म सरकार सञ्चालन हुने बताएका छन् ।

झापाको चन्द्रगढीमा शुक्रबार प्रेस सङ्गठन झापाले आयोजना गरेको पत्रकार सम्मेलनमा उनल मन्त्रिमण्डल हेरफेर हुनसक्ने अवस्था आए पनि प्रधानमन्त्री ओलीकै नेतृत्वमा पाँच वर्ष सरकार सञ्चालन हुने बताए । वरिष्ठ नेता खनालले पार्टी एकीकरणको विषयले एक वर्षसम्म पार्टीका काममा केही गतिरोध आए पनि एकताका प्रक्रिया केन्द्रदेखि गाउँ–टोलसम्म नै टुङ्गिसकेकाले सबै तहका कमिटीहरु अब पूर्णरुपमा चलायमान हुने बताउँदै मुलुकको विकास र समृद्धिका लागि अब तीनै तहका सरकारलाई गतिशील बनाउनु पर्नेमा जोड दिए ।

 

तपाईंको बिचार