Monday, October 21, 2019

अब पार्टीभित्र कुनै समस्या बाँकी छैन, सबै मिलिसक्यो :झलनाथ खनाल

प्रकाशित मिति: 2019/09/13

भदौ २७, इलाम । नेकपा बरिष्ठ नेता झलनाथ खनालले पार्टीभित्रको समस्या सुल्झीसकेको बताएका छन ।

नेकपाको पछिल्लो कार्यविभाजनलाई लिएर वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष असन्तुष्ट छ । नेता नेपालले आफ्ना असहमतिहरू सार्वजनिक गरिसकेका छन् ।
गृह जिल्ला इलामको फिक्कलमा नेकपाले आयोजनाका गरेको कार्यक्रममा नेता खनालले पार्टीभित्र विगतमा समस्या भए पनि अहिले नरहेको जिकिर गरेका छन् ।  
खनालले स्थानीय तहमा गुणस्तरीय काम हुनका लागि जनप्रतिनिधि र कर्मचारीबीच राम्रो सम्बन्ध हुनुपर्ने बताए ।
स्थानीयस्तरमा विकासको लहर चलेको नेता खनालले बताए । ५६ वर्ष लगाएर क्रान्ति सम्पन्न गर्दै उपलब्धिसहित नयाँ नेपालको संविधान बनाउन सफल भएको भन्दै अहिलेको संविधानलाई प्रत्येक पार्टीका सदस्य, जनप्रतिनिधिहरुले गहन रूपले अध्ययन गर्न सुझाए ।
 

तपाईंको बिचार