Monday, October 21, 2019

पर्सामा लामखुट्टे धपाउन बालिएको धुपबाट आगलागी, पशुचौपाया जलेर मरे

प्रकाशित मिति: 2019/09/13

भदौ २७, वीरगञ्ज । पर्सामा लामखुट्टे धपाउन बालिएको धुप गोठमा सल्केर आगलागी हुँदा ८ चौपाया जलेका छन ।

जिल्लाको पोखरीया नगरपालिका–१०, शिवबर्वाका रामपृत राउत कुर्मीको खरले छाएको फुसको गोठमा आगलागी हुँदा २ वटा भैंसीको पाडी, १ भैंसी, ३ वटा खसी तथा बाख्रा जलेर मरेको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ । आगोमा जलेर अन्य आधा दर्जन वस्तुभाउ घाइते भए पनि मानवीय क्षति भने नभएको बताइएको छ । प्रहरीका अनुसार, आगलागीबाट करिब तीन लाख ५० हजार क्षति भएको छ ।

तपाईंको बिचार