Monday, October 21, 2019

पाल्पामा स्कार्पियो र जिप पहिरोमा पुरीदा १ जनाको मृत्यु

प्रकाशित मिति: 2019/09/13

भदौ २७, पाल्पा । पाल्पा बुटबल सडकखण्डमा स्कार्पियो र जिप पहिरोमा पुरिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । 

पाल्पाको तिनाउँ गाउँपालिकास्थित बुटवल पाल्पा सडकखण्डमा गएको सुख्खा पहिरोमा स्कार्पियो र जिप पुरिएका हुन । लु२च ५९३८ नम्बरको स्कार्पियो र लु१ज २६१७ नम्बरको जिप पहिरोमा पुरिएको प्रहरीले जनाएको छ । बिहान ११ बजे गएको पहिरोमा पुरिँदा स्कार्पियोका चालक कमल परियारको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनामा ६ यात्रु घाइते छन । त्यसमध्ये दुई यात्रुको अवस्था गम्भीर छ । जिप पाल्पाबाट गुल्मी र स्कार्पियो बुटवल आउँदै थिए ।
घाइतेहरूलाई उपचारका लागि लुम्बिनी अस्पताल बुटवल ल्याइएको छ । पहिरोले अवरुद्ध राजमार्ग खुलाउन प्रहरीले पहल गरिरहेको छ ।

तपाईंको बिचार