Monday, October 21, 2019

असोज ५ गतेदेखी खुल्ने भयो दशैको बस टिकट

प्रकाशित मिति: 2019/09/13

भदौ २७, काठमाण्डौ । दसैंका लागि असोज ५ गतेदेखि अग्रिम बस टिकट बुकिङ खुल्ने भएको छ ।
यातायात व्यवस्था विभागमा हिजो बसेको विभागका महानिर्देशक, यातायात व्यवसायी तथा ट्राफिक प्रहरीको संयुक्त बैठकले असोज ५ देखि अग्रिम बस टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो ।
यस पटकको दसैंमा नयाँ यातायात भने थपिएको छैन । दसैं तिहारका लागि हालको प्रचलित भाडाअनुसार नै टिकट बुकिङ हुने विभागले जनाएको छ ।

 

तपाईंको बिचार