Monday, October 21, 2019

रोल्पामा पहिरोले पुरिएर आमा छोराको मृत्यु

प्रकाशित मिति: 2019/09/13

भदौ २७, काठमाडौं । रोल्पामा पहिरोले पुरिएर आमाछोराको मृत्यु भएको छ । चार जना बेपत्ता भएका छन् ।गएराति आएको पहिरोमा परेर थबाङ गाउँपालिका २ छेर्लोबाङ झार्नेकी २८ वर्षीया श्रीकुमारी बुढा र उनका ४ वर्षीय छोरा असल बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

पहिरोले पुरिएको घर एकान्तमा रहेका कारण गाँउलेले बिहान मात्रै थाहा पाएका थिए । थबाङ गाउँपालिका अध्यक्ष वीरबहादुर घर्ती मगरले वर्षा अझै नरोकिएको र लेदो माटोका कारण उद्धारमा कठिनाई भइरहेको बताए ।

तपाईंको बिचार