Monday, October 21, 2019

बाँके सभापतिको हात भाँच्चीने गरी आक्रमण भएको विरोधमा प्रदर्शन गर्ने कांग्रेसको चेतावनी

प्रकाशित मिति: 2019/09/13

भदौ २७, काठमाडौं । जागरण अभियानमा आक्रमण भएको विरोधमा नेपाली कांग्रेसले प्रदर्शन गर्ने भएको छ ।

पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाउने, माइतीघर मण्डलामा प्रदर्शन गर्ने लगायतका कार्यक्रम सार्वजनिक गरेको हो ।
काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला सभापतिको नेतृत्वमा शनिबार ८ बजे गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाउने र ३ बजे माइतीघर मण्डलामा प्रदर्शन गर्ने कार्यक्रम राखिएको प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।
घटनामा संलग्नहरुलाई तत्काल कारबाही नगरे थप आन्दोलन घोषणा गर्ने भक्तपुर सभापति दुर्लभ थापाले बताए ।

जागरण अभियानको दोस्रो चरणका क्रममा बिहीबार बाँकेको खजुरा नागपालिका २ सीतापुरमा भएको कार्यक्रम सत्तारुढ नेकपाका कार्यकर्ताले विथालेको थियो । त्यसक्रममा बाँके सभापति किरण कोइरालाको हात भाँच्चिएको थियो ।

तपाईंको बिचार