Monday, October 21, 2019

बर्षदिनमा १८ सय प्रहरी कारबाहीमा

प्रकाशित मिति: 2019/09/15

भदौ २९, काठमाडौं । नेपाल प्रहरीमा आर्थिक बर्ष २०७५, ७६मा १८ सय प्रहरी कारबाहीमा परेका छन ।  

प्रहरी प्रधान कार्यालयका अनुसार २ सय ४९ जनालाई नोकरीबाट हटाइएको छ भने ७ जनालाई बर्खास्त गरिएको छ । नोकरीबाट हटाइएका व्यक्ति भविष्यमा सरकारी सेवाका लागि अयोग्य ठहरिँदैनन् । प्रहरीका अनुसार बर्खास्त गरिएका भविष्यमा सरकारी सेवाका लागि अयोग्य ठहरिन्छन् ।
नोकरीबाट हटाइएका अधिकृतमा एक जना प्रहरी उपरीक्षक पनि छन् । कञ्चनपुरको निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणमा जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी डिल्लीराज विष्टलाई सेवाबाट हटाइएको थियो ।

 

तपाईंको बिचार