Thursday, October 24, 2019

संसदिय समितिको कामप्रति प्रधानमन्त्रीको गुनासो :महरा

प्रकाशित मिति: 2019/09/16

भदौ ३०, काठमाडौं । सभामुख कृष्णबहादुर महराले संसदीय समितिहरुले सरकारको कामलाई नियन्त्रण नभई निगरानी गर्नुपर्ने बताएका छन् । संसदीय समितिका कामप्रति प्रधानमन्त्री केपी शर्मा ओलीको पनि गुनासो रहेको उनले जानकारी दिए ।

संसदीय अभ्याससम्बन्धी अन्र्तक्रिया कार्यक्रमलाई सोमबार काठमाडौंमा सम्बोधन गर्दै महराले यो जानकारी दिएका हुन् । संसदीय समितिका सभापतिहरुसँग बसेर एकपटक छलफल गर्न आफूले सुझाव दिएको, तर प्रधानमन्त्री ओलीले तपाईंले नै गर्नुस् भनेर आफूलाई भनेको महराले बताए । उनले संसदमा उठेका विषयको सरकारले जति धेरै जवाफ दियो त्यति धेरै संसदको प्रभावकारीता बढ्ने बताए ।

तपाईंको बिचार