Thursday, October 24, 2019

दु्रतमार्गको पूल र सुरुङको ठेक्का बिदेशी कम्पनीलाई मात्र दिईने

प्रकाशित मिति: 2019/09/16

३० भदौ, काठमाडौं । निर्माणाधीन काठमाडौँ निजगढ द्रुतमार्गमा बन्ने पुल र सुरुङहरु ‘डिजाइन एन्ड बिल्ट’ मोडलमा बनाइने भएको छ । यस्ता मोडलका पुल र सुरुङ निर्माणको ठेक्का विदेशी कम्पनीले मात्र पाउने भएका छन् ।

द्रुतमार्ग निर्माणको जिम्मा पाएको नेपाली सेनाकाअनुसार ‘डिजाइन एन्ड बिल्ट’ मोडलअनुसार काम गर्दा आधारभूत नक्सांकनका आधारमा ठेकेदार कम्पनीले नै डिजाइन गर्नुपर्ने हुन्छ । त्यसलाई सेनाले स्वीकृत गरेपछि मात्रै काम सुरु गर्न सक्नेछ । पुल र सुरुङ बनाउने ठेक्का विदेशी कम्पनीलाई मात्र दिइनेछ भने हालसम्म पुल बनाउन ६ वटा कम्पनी सूचिकृत भइसकेको बताईएको छ । त्यसमा ५ वटा चिनियाँ र एउटा टर्किस कम्पनी छन् ।

विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)अनुसार द्रुतमार्गमा ८७ वटा पुल र तीन वटा सुरुङमार्ग निर्माण गर्नुपर्नेछ ।
भदौ पहिलो साता मन्त्रिपरिषदले स्वीकृत गरेको (डीपीआर) अनुसार महादेवडाँडामा ३.३५५ किलोमिटर, धेद्रेमा १.६३० किलोमिटर र लेनडाँडामा १.४३० किलोमिटर लामो सुरुङ बनाइनेछ ।
द्रुतमार्गको कुल लम्बाइ ७२.५ किलोमिटर हुनेछ । यो आयोजना लागत १ खर्ब ७५ अर्ब अनुमान गरिएको छ

तपाईंको बिचार