Monday, October 21, 2019

झापामा रहेको विप्लवको गोप्य कार्यालयमा प्रहरी छापा, तिन नेता पक्राउ

प्रकाशित मिति: 2019/09/17

भदौ ३१, काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको झापा जिल्ला कार्यालयमा प्रहरीले छापा मारेको छ ।

बिर्तामोड नगरपालिका–४, नेपाल विद्युत प्राधिकरणको कार्यालय पछाडि राखिएको समूहको गोप्य कार्यालयमा छापा मारेर महत्वपूर्ण दस्तावेजसँगै हतियार पनि बरामद गरिएको हो ।
सोमबार दिनभर १ नम्बर प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय, झापा र इलाका प्रहरी कार्यालय, अनारमनीले चलाएको अपरेशनका क्रममा तीन जना नेता पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा झापा जिल्ला जनसरकार प्रमुख टीका पोखरेल, सेक्रेटरी प्रविण मिश्र र मकवानपुरका कार्यकर्ता अनुल सारु मगर छन् ।
पक्राउ परेकालाई आज दिउँसो पत्रकार सम्मेलन गरी सार्बजनिक गरिने बताईएको छ ।

तपाईंको बिचार