Thursday, October 24, 2019

पार्टी एकीकरणका बाँकी मुद्धा टुंगो लगाउन बालुवाटारमा बैठक जारी

प्रकाशित मिति: 2019/09/17

भदौ ३१, काठमाण्डौ । नेकपाका चार नेताको बैठक बालुवाटारमा जारी छ । 

बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, महासचिव बिष्णु पौडेल र सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सहभागी छन ।
बैठकमा उनीहरूबीच पार्टी एकीकरणका बाँकी प्रक्रिया टुंग्याउने विषयमा छलफल भइरहेको छ ।

गतबर्ष जेठमा तत्कालीन नेकपा एमाले  र माओवादी केन्द्रबीच एकता भएर बनेको नेकपामा अझै केही आयोग र मञ्चहरूमा नेतृत्वको टुंग्याउन बाँकी छ ।

चार नेताहरूको बैठकले अब बस्ने पार्टी सचिवालय बैठकमा ती विषय टुंग्याउनेबारे छलफल गरेको बालुवाटार स्रोतले बताएको छ ।
चार नेताको बैठकले छिट्टै राख्ने भनिएको स्थायी समिति र केन्द्रीय समितिको बैठकका एजेन्डा र पार्टीले चलाउने भनेको राष्ट्रिय अभियानबारे पनि छलफल गर्ने बताइएको छ। चार जना नेताहरूले यसअघि सोमबार पनि बालुवाटारमा बैठक गरेका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओली दोस्रो पटक सिंगापुरमा उपचार गरेर फर्किएपछि भदौ २५ गते नेकपा सचिवालय बैठक बसेको थियो ।

तपाईंको बिचार