Thursday, October 24, 2019

आज र भोलि देशका अधिकांश भागमा सिमसिमे झरी पर्ने

प्रकाशित मिति: 2019/09/17

भदौ ३१,  काठमाडौँ । राजधानीसहित देशका विभिन्न भागमा आज बिहानैदेखि वर्षा भइरहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएअनुसार यतिबेला देशका पूर्वी र मध्य भूभागका धेरै स्थान तथा पश्चिमका केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा भइरहेको छ ।

आज देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा र थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

बंगालको खाडीबाट आएको जलवाष्प युक्त हावाको प्रभावका कारण देशभर मनसुनी गतिबिधि बढिरहेको महाशाखाको भनाई छ । मौसमविद् बरुण पौडेलले दिएको जानकारीअनुसार आज र भोलि देशका अधिकांश भागमा सिमसिमे झरी पर्ने अवस्था रहेको छ भने बिहीबारबाट भने मौसममा केही सुधार आउने छ ।

मनसुन सकिन अब करिब एक हप्ता बाँकी रहेको छ । यसैगरी सडक र हवाई यातायातमा सामान्य अवरोध आउन सक्ने हुनाले सतर्कता अपनाउन समेत महाशाखाको तर्फबाट आग्रह गरिएको छ ।

तपाईंको बिचार