Monday, October 21, 2019

बाँके घटनामा संलग्नलाई कारबाही गर्ने सरकारको प्रतिवद्धता

प्रकाशित मिति: 2019/09/18

असोज १, काठमाडौं । सरकारले बाँके घटनामा संलग्नहरुलाई कारबाही गर्ने प्रतिवद्धता जनाएको छ । यससँगै प्रमुख विपक्षी नेपाली कांग्रेसको संसद अवरोध हटेको छ ।

संसदको बैठक सुरु हुनासाथ विशेष समय लिएर बोल्दै कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडूले घटनामा संलग्नहरुलाई करबाही गर्न किटानी जाहेरी दिएको चार दिन भइसक्दा पनि कारबाही नभएको बताए । यसले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र सरकारको संरक्षणमा घटनामा संलग्नहरुलाई लुकाइँदैछ भन्ने आशंकालाई बल पुगेको बताए ।

लगतै कानूनमन्त्री भानुभक्त ढकालले घटनामा संलग्नहरुलाई कारबाही गर्ने प्रतिवद्धता जनाएका छन् ।

कांग्रेसको राष्ट्रिय जागरण अभियान अन्तरगत बाँकेको खुजारा नगरपालिका २ सीतापुरमा २५ भदौमा भएको कार्यक्रममा नेकपा कार्यकर्ताले आक्रमण गर्दा बाँके सभापति किरण कोइरालाको हात भाँच्चिएको थियो । वडा नम्बर १ का वडाध्यक्ष सुमन मल्लको निर्देशनमा आक्रमण भएको भन्दै कांग्रेसले ज्यान मार्ने उद्योगमा जाहेरी दिएको छ । प्रहरीले सुरुमा जाहेरी दर्ता गर्न मानेको थिएन ।
यसलाई लिएर कांग्रेस संसद अवरुद्ध गरेपछि जाहेरी दर्ता भयो । त्यसपछि कांग्रेस संसद सुचारु गर्न सहमत भएको थियो । तर, सत्तारुढ नेकपाकै सांसदले वडाध्यक्ष मल्ल निर्दोष भएको र उनीमाथि कारबाही गरिए स्वीकार्य नहुने बताएपछि सोमबार नै सुचारु भइसकेको संसद फेरि अवरुद्ध हुन पुगेको थियो ।

तपाईंको बिचार