Monday, October 21, 2019

निदाएको बेलामा देख्ने सपना हैन, ब्युँझिएको बेलाको सपना देखौं :प्रधानमन्त्री ओली

प्रकाशित मिति: 2019/09/20

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शहर्मा ओलीले आफू र आफ्नो दल फगत सपनाका सौदागर नभएको बताएका छन् ।

सकियो, भत्कियो, अक केही हुन्न भन्ने मनस्थिति फेर्न र अब केही हुन्छ भन्ने आफूहरले जनतामा आशनाको सञ्चार गराएको उनले बताए । त्यसमा विश्वास गरेर जनताले बलियो बहुमत दिएको र आफ्नो नेतृत्वको सरकारले विकासका लागि कतै जग हालेको र कतै पहिला वा दोस्रो तला थपेको उनले बताए ।

संविधान दिवसको अवसरमा सैनिक मञ्च, टुँडिखेलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भने – हो, मैले मुर्छित सपनामाथि पानी छम्केकै हुँ । मैले भनेको हुँ निदाएको बेलामा देख्ने सपना हैन, ब्युँझिएको बेलाको सपना देखौं ।’

जब भविष्यप्रति आशावादी हुन्छ, सुन्दर भविष्यको सपना देख्छ, तब मात्र देश बाँच्ने उनले बताए ।  

तपाईंको बिचार