Monday, October 21, 2019

अराजक तत्वहरूले व्यवस्था उल्ट्याउन लागे, प्रतिबाद गर्न आग्रह :प्रचण्ड

प्रकाशित मिति: 2019/09/20

३ असोज, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले जनताको संघर्ष र बलिदानबाट प्राप्त उपलब्धि उल्ट्याउन केही अराजक तत्वहरू लागिपरेको आरोप लगाएका छन् । उनले त्यस्ता तत्वहरूले भ्रम पैदा गराएको भन्दै त्यसको प्रतिवादमा उत्रन जनतालाई आह्वानसमेत गरेका छन् ।

केही समययता परिर्वतनविरोधी सल्बलाएको भन्दै त्यसविरुद्ध आक्रामक अभिव्यक्ति दिँदै आएका प्रचण्डले संविधान दिवसको शुभकामनामा पनि परिवर्तन विरोधी सल्बलाएको भन्दै सतर्क रहनुपर्ने आवश्यकतामा जोड दिएका छन् । 
संविधानबाट मानव अधिकार, पूर्ण प्रेस स्वतन्त्रता, स्वतन्त्र न्यायपालिका, कानूनी राज्यजस्ता लोकतन्त्रका अवयवहरुको जग बसेको दाबी प्रचण्डले गरेका छन् । यसले दिगो शान्ति, सुशासन, विकास र समृद्धि प्राप्तिका लागि दिशानिर्देश गरेको प्रचण्डको भनाइ छ ।

तपाईंको बिचार