Thursday, October 24, 2019

संबिधानमा कुनै बिभेद छैन :मुख्यमन्त्री राई

प्रकाशित मिति: 2019/09/20

३ असोज, विराटनगर । प्रदेश एक सरकारले चौथो संविधान दिवस विशेष कार्यक्रम गरी मनाएको छ । संविधान दिवस मनाउने तीन दिने कार्य योजना अनुसार शुक्रबार विराटनगरको शहीद रंगशालामा औपचारिक कार्यक्रम गरियो ।

कार्यक्रममा मुख्यमन्त्री शेरधन राईले संविधानले व्यवस्था गरेको जनताका अधिकारलाई व्यवहारमा रुपान्तरण गर्नुपर्ने चुनौती भएको बताए ।   मुख्यमन्त्री राईले चौथो संविधान दिवस मनाइरहदा देशमा राष्ट्रिय एकता दरिलो भएको दावी गरे । संविधान दिवसको अवसरमा ठुला आकारका राष्ट्रिय झण्डा प्रदेश भित्रका सबै जिल्ला सदरमुकाम र विशेष महत्वका स्थानमा फहराउने काम भएको बताउँदै उनले सबैका हातमा र साथमा रहेका राष्ट्रिय झण्डाले नेपालीहरुबीच कुनै विभेद नरहेको प्रष्ट पारेको बताए ।

 
 

तपाईंको बिचार