Monday, October 21, 2019

बसको अग्रिम टिकट बुकिङ खुल्यो, बिहानैदेखि टिकट लिनेहरुको भीड

प्रकाशित मिति: 2019/09/22

असोज ५, काठमाडौं ।  लामो समय देखि चर्चाको रुपमा रहेको बसको टिकट बुकिङ खुला भएको छ । दसै तिहार र छठ पर्वकाका लागि आजदेखि अग्रीम टिकट बुकिङ्ग खुला भएको हो । यातायात ब्यवसायी राष्ट्रिय महासंघका अनुसार काठमाण्डौको नयाँ बसपार्क , सुन्धारा, पुरानो बसपार्क , कलंकी , गौशाला कोटेश्वर लगायत स्थानबाट अग्रीम टिकट बुकिङ्ग गर्न सकिने छ ।

विहान ५ बजेदेखि बेलुकी ५ बजेसम्म अग्रीम टिकट खुल्ला गरिने छ । आजदेखी दशैंका लागि बसको अग्रिम टिकट खुलेपछी बिहानैदेखी टिकट लिनेको भिड लागेको छ । बिहान देखी नै बसको अग्रिम टिकट लिन मानिसहरु लाइनमा बसेका छन् ।

तपाईंको बिचार