Monday, October 21, 2019

नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीवीच सम्झौता पत्रमा हस्ताक्षर हुने

प्रकाशित मिति: 2019/09/24

असोज ७, काठमाडौं ।  नेकपा र  चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) वीच औपचारिक सम्झौतापत्रमा हस्ताक्षर हुने भएको छ ।

नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र सीपीसीका अन्तर्राष्ट्रिय विभाग प्रमुख सोङ ताओको उपस्थितिमा हुन लागेको सम्झौतापत्रमा उच्च स्तरीय भ्रमण आदान–प्रदान तथा दुई पार्टीवीचको सहयोग सम्बन्धमा हस्ताक्षर हुने नेकपा नेताहरुले बताएका छन्  ।

समझदारीपत्रमा नेकपाका विदेश विभाग प्रमुख माधवकुमार नेपाल र सीपीसीका विदेश विभाग प्रमुख सोङ ताओले पनि हस्ताक्षर गर्नेछन् ।

नेकपा र सीपीसीका नेताहरुवीच सोमबारदेखि काठमाडौंमा दुईदिने विचार आदान–प्रदान कार्यक्रम भइरहेको छ । कार्यक्रमको दोस्रो दिन दुई पार्टीवीच औपचारिक सम्झौता–पत्रमा हस्ताक्षर हुन लागेको हो ।

तपाईंको बिचार