Monday, October 21, 2019

चितवनको युनाइटेड प्याकेजिङ फ्याक्ट्रीमा आगलागी

प्रकाशित मिति: 2019/09/24

असोज ७, चितवन । चितवनमा रहेको एक कार्टुन फ्याक्ट्रीमा आगलागी भएको छ ।

बिहान ३ः१९ बजे भरतपुर महानगरपालिका – ४ नारायणगढ बाह्रघरेमा रहेको युनाइटेड प्याकेजिङ प्रालिमा आगलागी भएको चितवन प्रहरीले जनाएको छ । युनाइटेड प्याकेजिङ उद्योगले कागजका कार्टुन उत्पादन गर्दै आएको थियो ।

आगलागी चट्याङकै कारण भएको कारखानाका सञ्चालक भद्रनारायण पियाले अनुमान गरेका छन् । आगोले उत्पादन भएका कार्टुनहरु र कार्टुन उत्पादन गर्न गोदाममा राखेका कागजका ठूल्ठूला रोलहरु सबै जलेर नष्ट भएको छ ।

आगो नियन्त्रणको लागि भरतपुर महानगरपालिकाका दुईवटा र खैरहनी र कावासोती नगरपालिकाका एक एकवटा दमकलले प्रयास गरिरहेका छन्। आगलागीबाट मानवीय क्षति भने भएको छैन ।

तपाईंको बिचार