Monday, October 21, 2019

महरा प्रकरण : घटनास्थलबाट रक्सीका बोतल र कपडा भेटियो

प्रकाशित मिति: 2019/10/01

असोज १४, काठमाडौं । जबरजस्तीकरणीको आरोप लागेपछि सभामुख पदका राजीनामा दिएका कृष्णबहादुर महराको प्रकरणमा प्रहरीले अनुसन्धान थालेको छ ।

मंगलबार दिउँसो घटना भएको भनिएको सुविधानगरस्थित पीडितको घरबाट रक्सीका बोतल, कपडा र अन्य सबुत संकलन गरिएको प्रहरी स्रोतले बतायो ।
आफ्नै कर्मचारीले जबरजस्तीकरणीको आरोप लगाएपछि महराले मंगलबार दिउँसो पदबाट राजीनामा दिएका छन् ।

तपाईंको बिचार