Thursday, November 21, 2019

सन् २०२१ को लागि ‘डीभी’ खुल्यो

प्रकाशित मिति: 2019/10/02

असोज १५, काठमाडौं । अमेरिकी डाइभर्सिटी भिसा (डीभि) भरेर अमेरिका जान चाहनेहरुको लागि आवेदन खुलेको छ ।

अमेरिरकाले सन् २०२१ को लागि डीभीको आजबाट लागु हुनेगरी खुलाएको हो । आवेदकले आज मध्याह्न १२ बजेदेखि आगामी २०१९ नोभेम्बर ५ को मध्यान्न १२ बजेसम्म आवेदन दिन सक्नेछन् ।

फारम भर्दा बिगतका बर्षहरुभन्दा अहिले केही कागजजात थप गरिएको अमेरिकी दुतावासले बताएको छ ।

यसपालि फारम भर्दा आवेदकले पासपोर्ट नम्बर, पासपोर्टको म्याद र इमेल ठेगाना पनि अनिवार्य गरेको जानकारी दिइएको छ । त्यस्तैगरी एक व्यक्तिले एकपटक मात्र आवेदन दिन सक्ने पनि बताइएको छ ।

विगत लामो समयअघिबाट नेपालीहरुलाई डीभी मार्फ धेरै नेपालीहरुलाई लाँदै गरेको अमेरिकाले आवेदनमा कुनै शुल्क लिने छैन । नेपालका लागि डिभीको कोट ५५ हजार निर्धारण गरिएको अमेरिकी अधिकारीहरुले बताएका छन् ।

१४ मुलुकले आवेदन दिन नपनउने

भारत, पाकिस्तान, बंगलादेश, ब्राजिल, क्यानडा, दक्षिण कोरिया, मेक्सिको, नाइजेरिया, फिलिपिन्स लगायतका १४ मुलुकले यसबर्षबाट आवेदन दिन नपनउने भएका छन् । यी मुलुकहरुको लागि ‘डीभी’कोटा पुगिसकेकाले आवेदन नलिईने अधिकारीहरुले बताएका छन् ।

 

तपाईंको बिचार