Thursday, November 21, 2019

सत्यनिरुपण र वेपत्ता आयोगका पदाधिकारी नियुक्तिमा ढिलाई

प्रकाशित मिति: 2019/10/21

कात्तिक ४, काठमाडौं । सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता पारिएका व्यक्तिको छानविन आयोग गठनमा अझै विलम्ब हुने देखिएको छ ।

सोमबार विहान सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रमुख विपक्षी नेपाली कांग्रेसका नेताहरुबीच छलफल भएपनि कुनै ठोस निर्णय हुन सकेन । नेताहरुले पछिल्लो समय पर्याप्त छलफल हुन नसकेको स्वीकार गर्दै छिट्टै अर्को बैठक बस्ने सहमति गरेको एक नेताले बताए ।
प्रमुख दलहरुले दुवै आयोगमा पठाउने सम्भावित पदाधिकारीहरुबारे समझदारी गरिसकेका थिए । तर त्यसमा द्वन्द्वकालका पीडितहरुले असहमति जनाएका छन् भने मानवअधिकार आयोगले समेत चासो देखाएको छ ।

त्यसबारे सिफारिस समितिसँग पनि परामर्श गर्न बाँकी रहेको दुवै दलका नेताहरुले बताएका छन् ।
दुवै आयोगको पदाधिकारी सिफारिस गर्न गत चैतमा पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको नेतृत्वमा समिति बनेको थियो । तर समितिले अहिलेसम्म सम्भावित उम्मेदवारहरुको सूची प्रकाशित गरेर उजुरी आहृवान समेत गर्न सकेको छैन ।  

तपाईंको बिचार