Thursday, November 21, 2019

तारकेश्वरमा कागतिहारका दिन हजारौको उपस्थीतिका बिच शुभकामना र चियापान कार्यक्रम हुँदै

प्रकाशित मिति: 2019/10/21

कार्तिक ४, काठमाण्डौ । गौरा–पार्वती सामुदायिक स्वास्थ्य केन्द्र र तारकेश्वरका महिला समुहरुको संयुक्त आयोजनामा तिहार, नेपाल सम्बत तथा छठ बिशेष कार्यक्रमसहितको लोकदोहोरी कार्यक्रम हुने भएको छ ।

कांग्रेस नेता अर्जुननरसिंह केसीको प्रमुख आथित्यतामा हुने कार्यक्रममा बिशिष्ट अतिथि पूर्व अर्थमन्त्री डा. रामशरण महत, बिशेष अतिथीत्रय बहादुर सिंह लामा, नुवाकोट कांग्रेस सभापति जगदिश्वरनरसिंह केसी, नेकपा नुवाकोट जिल्ला अध्यक्ष हिरानाथ खतिवडा लगायत सहभागि हुनेछन ।
कार्तिक ९ गते नुवाकोटको तारकेश्वर – ३ चन्दनीमा रहेको तारुका हिलसाईड इंग्लीस बोर्डिङ स्कुलको प्राङ्गणमा हुने कार्यक्रममा बिशाल सभाका बिच शुभकामना आदनप्रदान र लोकदोहोरीसहितको चियापान कार्यक्रम गरिने आयोजकले जनाएको छ । कार्यक्रममा नुवाकोट सम्बद्ध जिल्ला स्तरीय नेताहरुको बाक्लो उपस्थीति रहने आयोजकले जनाएको छ ।
यसै सन्दर्भमा कार्यक्रमका संयोजक शिव अधिकारी अबिरलले तारकेश्वर भित्रका तिक्तता मेटाउँदै सबैमा भाईचाराको सम्बन्ध अभिबृद्धि गर्नको लागि चियापान सहितको बिशेष कार्यक्रम गर्न लागिएको बताएका छन । 
अधिकारीले तारकेश्वरको बिकास निर्माणमा आरोप प्रत्यारोपले बिकास सम्भव नरहेको र सबै बर्ग समुदायलाई एकताबद्ध गरेर मात्र समृद्ध तारकेश्वरको सपना साकार हुने बताउँदै यो बिशेष सभामा सम्पूर्ण तारकेश्वरबासी लगायत सबैको उल्लासमय सहभागिताको लागि हार्दिक अनुरोध समेत गरेका छन ।  

तपाईंको बिचार