Thursday, November 21, 2019

बैतडीमा डोजर चालकको आक्रमण, आधा दर्जन घाईते, एक महिला अचेत

प्रकाशित मिति: 2019/10/22

कात्तिक ५, बैतडी । अंशबन्डा नमिलेकाले केही समय सडक निर्माण रोक्न माग गर्दै आएका बैतडीको दशरथचन्द नगरपालिका वडानम्बर ९, ग्वाल्लेकमा बासिन्दालाई सडक खनिरहेको डोजरबाट आक्रमण भएको छ । आक्रमणबाट आधा दर्जन घाइते भएकामा २ जनाको अवस्था गम्भीर छ ।

अंशबण्डाको विवाद मिलेपछि मात्रै सडक खन्न माग गर्दै आएका स्थानीयलाई डोजर चालकले डोजरमार्फत आक्रमण गर्दा स्थानीय गौरा जोशी र सुरेशप्रसाद जोशी गम्भीर घाइते भएका हुन् । घाइतेमध्ये गौरा अचेत छिन् । गौरालाई चालकले डोजरको बकेटले आक्रमण गरेको भिडियोमा देखिन्छ ।

गम्भीर घाइते दुवै जनालाई उपचारका लागि जिल्ला अस्पताल बैतडी लगिएकोमा त्यहाँ उपचार हुन नसकेपछि धनगढी रेफर गरिएको एक स्थानीयले बताए । उनका अनुसार, घटनामा अन्य ८ स्थानीय पनि घाइते भएका छन् ।
 

तपाईंको बिचार