Thursday, November 21, 2019

बिद्यार्थीले जलाए भारतको दुताबास अगाडी नयाँ नक्सा

प्रकाशित मिति: 2019/11/08

कार्तिक २२, काठमाण्डौ । भारतको नयाँ नक्सामा नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको भन्दै आज पनि विद्यार्थीले विरोध जारी राखेका छन ।

सत्तारूढ समाजवादी पार्टी नेपालको भातृ संगठन समाजवादी विद्यार्थी युनियनलगायतको संयुक्त विद्यार्थी आन्दोलनले शुक्रबार बिहान लैनचैरस्थित भारतीय राजदूतावास अघि विरोध प्रर्दशन गरेका छन ।
उनीहरूले भारतले सार्वजनिक गरेको नयाँ नक्सा पनि जलाएका छन । विद्यार्थीहरूले ‘लिपलेक  हाम्रो हो’, ‘भारतीय विस्तारवाद मुर्दावाद’, ‘अतिक्रमित नेपाली भूमि फिर्ता गर’ भन्दै नारा लगाएका थिए ।  यसअघि परराष्ट्र मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै कालापानीबारे भारतको एक पक्षीय निर्णय मान्य नहुने बताएको थियो ।

तपाईंको बिचार