Thursday, December 12, 2019

मुस्ताङमा फर्मुला वान इ–कार रेसिङ हुने, पर्यटन मन्त्री जोमसोम पुगेर फर्किए

प्रकाशित मिति: 2019/11/12

कार्तिक २६, मुस्ताङ । मुस्ताङको लार्जुङमा फर्मुला वान ई कार रेसिङ हुने भएको छ । नेपाल पर्यटन बोर्डको संयोजन र सहकार्यमा उक्त ’एक्स्ट्रिम रेस’ हुने भएको हो ।

यसका लागि फर्मुला ईका प्रतिनिधिसहित संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको टोली जोमसोम पुगेर ठाउँ हेरेर फर्किएका छन ।
जोमसोममा पुगेर फर्मुला इ च्याम्पियनसिपका संस्थापक तथा अध्यक्ष अलेजेन्ड्रो अगाग र मन्त्री योगेश भट्टराईले उक्त कार्यक्रम आयोजनाको घोषणा गरेका छन ।
फर्मुला वानको इ सिरिजका अध्यक्ष तथा सिइओ अगाग व्यापारी तथा उद्ममी हुन । इस्पेनमा जन्मिएका उनको राजनीतिक पृष्ठभुमि रहेको छ । उनी इस्पेनका प्रधानमन्त्रीका सहयोगी भइसकेको एक्स्ट्रिम इको वेबसाइटमा उल्लेख गरिएको छ । तर यससम्बन्धी विस्तृत सम्झौता हुन बाँकी रहेको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी दीपकराज जोशीले जानकारी दिए । फर्मुला वानको इकार रेसिङमा विद्युतीय कार प्रयोग हुन्छन ।     

तपाईंको बिचार