Thursday, December 12, 2019

इजरायली प्रधानमन्त्री नेतान्याहू माथि भ्रष्ट्राचारको आरोप

प्रकाशित मिति: 2019/11/22

मंसिर ६, काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुमाथि त्यहाँका महान्यायाधिवक्ताले घुस लिएको आरोप लगाएका छन् । तर, प्रधानमन्त्री नेतान्याहुले ‘कु’ गर्ने प्रयास गरिएको भन्दै आरोपको खण्डन गरेका छन् ।

इजरायलका महान्यायाधिवक्ता अभिखाइ मन्डब्लिटले नेतान्याहुमाथि घुससँगै जालझेल गरेको र निष्ठा भंग गरेको अभियोग लगाएका हुन् ।
नेतान्याहुले धनी व्यापारीले दिएको उपहार स्वीकारेको र आफ्नो पक्षमा समाचार लेखाएको आरोप पनि ती महान्यायाधिवक्ताले लगाएका छन् ।
कोही पनि व्यक्ति कानूनभन्दा माथि नभएकाले सजायको दायरामा आउनुपर्ने मत महान्यायाधिवक्ता मन्डब्लिटको छ ।

तर, नेतान्याहुले आफूमाथि लागेका अभियोग अस्वीकार गरेका छन् । आफूलाई ‘कु’ गने गलत मनसायबाट पे्ररित भई गलत आरोप लगाइएको उनको दाबी छ ।

तपाईंको बिचार