Thursday, December 12, 2019

गुड्ने भो काठमाण्डौमा बिधुतिय ट्याक्सी, यस्ता छन मापदण्ड

प्रकाशित मिति: 2019/11/22

मंसिर ६, काठमाण्डौ । यातायात व्यवस्था विभागले बिजुली ट्याक्सीको लागि बाटो खोलिदिएको छ । विभागले बिजुली ट्याक्सीलाई समेत दर्ता गरिदिन यातायात व्यवस्था कार्यालयलाई पत्राचार समेत गरिसकेको छ । विभागले बिजुली ट्याक्सीको लागि भने छुट्टै मापदण्ड बनाएको छ । बिजुली ट्याक्सी दर्ता गर्दा लिथियम आयोन ब्याट्री प्रयोग गरिएको सेडान कार हुनुपर्ने छ ।

त्यस्तै, यसमा सेन्ट्रल लकिङ, एसी हिटर, प्रिन्टरसहितको डिजिटल मिटर र एलइडी स्क्रिनसहितको जिपिएस नेभिगेटर सिस्टम हुनुपर्ने मापदण्डमा उल्लेख छ । अहिले ट्याक्सी २० वर्ष चलाएपछि त्यसलाई हटाएर त्यही नम्बरमा अर्को नयाँ ट्याक्सी ल्याउने गरिन्छ । तर अब ट्याक्सी रिप्लेस गर्दा यो मापदण्ड अनुसार बिजुली ट्याक्सी ल्याउन पाइने छ ।
सरकारको यो कदम निकै राम्रो सुरूआत भएको वातावरण विद् भूषण तुलाधरले बताए ।
हाल नयाँ ट्याक्सी दर्ता नखोलिने विभागका महानिर्देशक गोगन बहादुर हमालले बताए । विभागले गत चैतमै ट्याक्सीको नयाँ मापदण्डको मस्यौदा मन्त्रालय पठाएको थियो । मन्त्रालयले मापदण्ड निर्धारण विभागकै क्षेत्राधिकारभित्र पर्ने भन्दै मस्यौदा करिब १ महिना अगाडि विभागमै फिर्ता पठायो ।

हाल उपत्यकामा करिब ९ हजार ट्याक्सी सञ्चालनमा छन । योसँगै विभागले पेट्रोल ट्याक्सीको मापदण्ड पनि अपग्रेड गरेको छ । नयाँ मापदण्डअनुसार पेट्रोल ट्याक्सी ल्याउँदा कम्तीमा १ हजार २ सय सिसीभन्दा माथिको ४ स्ट्रोक सेडान कार हुनुपर्नेछ । कारमा ३ वा सोभन्दा धेरै सिलिन्डर हुनुपर्ने मापदण्डमा उल्लेख छ ।

तपाईंको बिचार