Wednesday, January 29, 2020

नुवाकोट कांग्रेसका सबै नेताको सहभागितामा मंसिर २८ गते जिपी फाउण्डेशनले बिशाल कार्यक्रम गर्ने

प्रकाशित मिति: 2019/12/12

मंसिर २६, काठमाण्डौ । नेपाली राजनीतिका शिखर पुरुष तथा बिस्तृत शान्ति सम्झौताका अग्रगामी नेतृत्व स्वर्गीय गीरीजाप्रसाद कोईरालाको सम्झनामा बृहत अन्र्त्क्रिया कार्यक्रम आयोजना हुने भएको छ ।

युद्धरत तत्कालिन माओबादीलाई नेपाली राजनीतिको मुलधारमा ल्याई लोकतन्त्र, शान्ति र समृद्धिको बाटोमा मुलुकलाई डोर्याउन महत्वपूर्ण भुमिका खेलेको भन्दै गीरीजाप्रसाद कोईराला(जिपी) फाउण्डेशन नुवाकोटले यही मंसिर २८ गते शनिबार बिहान ७ः३० बजे कार्यक्रमको आयोजना गरेको हो ।
काठमाण्डौ सामाखुसी स्थीत स्काई पार्टी भेन्युमा आयोजना हुने अन्र्त्क्रियामा शान्ति र लोकतन्त्रका लागि कोईरालाले पुर्याएको योगदानको चर्चा गर्नुका साथै समाज रुपान्तरणका क्षेत्रमा महत्वपूर्ण भुमिका निर्वाह गर्ने व्यक्तिहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको गीरीजाप्रसाद कोईराला फाउण्डेशन नुवाकोटका अध्यक्ष रमेशकुमार पाठकले बताउनुभयो । 
उक्त कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा  पूर्व अर्थमन्त्री डा. रामशरण महत, नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महत, नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्वमन्त्री अर्जुननरसिंह केशी, नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा सांसद बहादुरसिंह लामा, नेपाली कांग्रेस नुवाकोट जिल्ला सभापति जगदिश्वरनरसिंह केशी लगायतका जिल्लास्तरीय नेताहरुको सहभागिता रहने छ । कार्यक्रममा १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगितामा पदक बिजेता खेलाडी तथा सामाजिक अभियन्ताहरुलाई अभिनन्दन पनि गर्ने कार्यक्रम तय भएको आयोजकले बताएको छ ।
फाउण्डेशनले आर्थिक रुपमा बिपन्न नागरिकहरुको जिबनस्तर सुर्धान महत्वपूर्ण भुमिका निर्वाह गर्दै आईरहेको छ । फाउण्डेशनले कार्यक्रममा बिभिन्न राजनीतिक दल, नागरिक समाज, आमजनसमुदाय तथा शुभेच्छुक सबैमा सहभागिताका लागि अनुरोध समेत गरेको छ ।

तपाईंको बिचार