Tuesday, February 18, 2020

गोरखा दरबार पुनर्निर्माण गर्ने ठेकेदारसँग १५ दिने स्पष्टीकरण माग

प्रकाशित मिति: 2020/01/24

१० माघ, गोरखा । गोरखा दरबार पुनर्निर्माणको काममा सम्झौताअनुसारको प्रगति हुन नसकेपछि निर्माण कम्पनीसँग स्पष्टीकरण माग गरिएको छ । बिहीबार सार्वजनिक सूचना जारी गर्दै पुरातत्व बिभागले १५ दिनभित्र ठेकेदार स्वंय उपस्थित भइ लिखित स्पष्टीकरण दिन निर्देशन दिएको हो । भूकम्पले क्षति पुगेको गोरखा दरवार पुननिर्माणका लागी श्री पचली भैरव÷शिव जेभीसँग २०७४ कात्तिक महिनामा सम्झौता भएको थियो । सम्झौताअनुसार २०७६ साल कात्तिक मसान्तभित्र काम सक्नुपर्ने हो । तोकिएको समयमा काम सम्पन्न नभएपछि गत पुष ४ गते बिभागले ६ महिना म्याद थप र्गयो । विभागले थप गरेको म्यादअनुसार २०७७ साल जेठ मसान्तभित्र काम सक्नुपर्ने छ । म्याद थप भए पनि हालसम्म काममा प्रगति नभएपछि स्पष्टीकरण माग गरिएको पुरातत्व विभागकी पुरातत्व अधिकृत मञ्जु सिं भण्डारीले बताइन् । सम्पर्कमा नआएपछि स्पष्टीकरण माग गरिएको उनले बताइन् । विभागसँग भएको सम्झौताका शर्त अनुसार काम अगाडि नबढाइएको र पटक पटक मौखिक तथा लिखित रुपमा ताकेता गर्दा समेत साइडमा कुनै काममा प्रगति नभएको विभागले जनाएको छ ।

‘ 

तपाईंको बिचार