Tuesday, February 18, 2020

सरकार बिरुद्ध प्रचारयुद्ध छेडिएको प्रधानमन्त्रीको भनाई

प्रकाशित मिति: 2020/01/29

माघ १५, काठमाण्डौ । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओलीले सरकार र पार्टीबिरूद्ध प्रचार युद्ध छेडिएको बताएका छन । बुधबार केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठक उद्घाटन गर्दै राष्ट्रिय सभामा ओलीले भने, ‘हाम्राविरूद्ध प्रचारयुद्ध अझै भनौं आक्रमण छेडिएको छ ।’ उनले त्यो प्रचार आक्रमण के हो भन्ने प्रष्ट खुलाएनन । प्रचार गर्नेहरूलाई कामबाट जवाफ दिने पनि उनले बताए । उनले लोकतन्त्रप्रति निष्ठाका सवालमा प्रश्न उठाउने गरिएको पनि उल्लेख गरे । वैचारिक पूर्वाग्रहका कुराभन्दा माथि उठेर हेर्न पनि उनले आग्रह गरेका छन । प्रधानमन्त्री ओलीले सडकबाट मानिसलाई उद्धार गरिएको पनि बताए।  कसैलाई भोको मर्न नदिने उनको भनाइ छ । उनले भावनामा बदलेर मात्र क्रान्ति नहुनेमा जोड दिए ।  

तपाईंको बिचार