Tuesday, February 18, 2020

देउवालाई ओलीको प्रष्टीकरण : ‘मैले कोरना भाईरसको कुरा गरेको हुँ’

प्रकाशित मिति: 2020/01/29

१५ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले प्राकृतिक धक्का भनेर कोराना भाइरसतिर संकेत गरेको स्पष्टीकरण दिएका छन् । मंगलबार संसद बैठकलाई सम्बोधन गर्दै उनले २०२० को सरुमा नै प्राकृतिक रुपमा धक्काको संकेत देखिएको बताएका थिए । लगत्तै बोलेका कांग्रेस सभापति शेरबहादुर देउवाले कसले धक्का दिँदैछ भन्दै प्रश्न गरे ।

बुधबार सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले धक्का भनेर आफूले कोरेना भाइरसतिर संकेत गर्न खोजेको बताएका छन् । अहिलेसम्म एक जनामा मात्र लक्षण देखिएको भन्दै उनले सतर्कता अपाउनुपर्नेमा जोड दिए ।

तपाईंको बिचार