Tuesday, February 18, 2020

भ्यालेन्टाइन डेमा राखेको प्रेम प्रस्ताव अस्वीकार गर्दा प्रहरी जवानद्धारा आत्महत्या प्रयास

प्रकाशित मिति: 2020/02/14

२ फागुन, काठमाडौं । प्रणय दिवसका दिन राखेको प्रेम प्रस्ताव युवतीले अस्वीकार गरेपछि सिन्धुलीमा एक जना प्रहरी जवानले आत्महत्याको प्रयास गरेका छन् । जिल्ला प्रहरी कार्यालय, सिन्धुलीमा काजमा कार्यरत प्रहरी जवान २२ वर्षीय चन्द्रकिशोर रायको प्रेम प्रस्ताव अर्की महिला प्रहरीले अस्वीकार गर्दा आफैंलाई गोली हानी आत्महत्याको प्रयास गरेका हुन् । जिल्ला प्रहरी कार्यालय, सिन्धुलीकी प्रमुख एसपी रञ्जु सिग्देलले घाइते अवस्थामा उनलाई उद्दार गरिएको बताए । महिला प्रहरी जवानसँगको सम्बन्धबारे भने उनले बताउन चाहिनन् ।  जिल्लाका एक प्रहरी अधिकृतले भने रायले ती महिला प्रहरीलाई एकतर्फी प्रेम गरेको बताएका छन् । शुक्रबार राखेको प्रस्ताव अस्वीकार गर्दा केहीबेर विवाद समेत भएको उनले जनाए । त्यसपछि महिलासँग भएको राइफल खोसेर उनले आफैंलाई गोली हानेको ती अधिकृतले बताए ।

रायको प्रहरी अस्पताल महाराजगञ्जमा उपचार जारी छ । ‘धन्न गोली कोखामा मात्र लागेछ । उनी अहिले खतरामुक्त छन, अस्पताल स्रोतले भन्यो ।

तपाईंको बिचार