Wednesday, April 1, 2020

सञ्चारमन्त्रीको अडियोबारे पार्टीमा छलफल हुन्छ : नारायणकाजी श्रेष्ठ

प्रकाशित मिति: 2020/02/20

८ फागुन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले सञ्चारमन्त्रीको अडियोको आधिकारिकताबारे पार्टीले बुझ्ने र त्यसमाथि छलफल हुन सक्ने बताएका छन् ।   प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटासँग कुरा गरेपछि मात्र अडियो प्रकरणमा निर्णय लिने भएका छन् । पार्टी अध्यक्ष प्रचण्डसँगको छलफलमा ओलीले बास्कोटाबाट यथार्थ कुरा बुझेपछि अरु कदम चाल्ने बताएका हुन् । सुरक्षण मुद्रण छापाखानासम्बन्धी एक विदेशी कम्पनीका एजेण्ट र मन्त्री बास्कोटाबीच भएको भनिएको अडियो संवाद प्रकरणमा छलफल गर्न प्रचण्ड बिहीबार विहानै बालुवाटार गएका थिए । दुई नेताबीच के कुरा भयो भन्ने जानकारी दिइएको छैन ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले पहिले मन्त्रीको कुरा सुनेपछि अरु कुरा आउने बताए । मन्त्री बास्कोटा कन्चनपुरमा रहेकाले काठमाडौं फर्किएपछि कुरा हुने थापाले बताए ।

तपाईंको बिचार