Wednesday, April 1, 2020

नुवाकोट र काभ्रेको लागि ग्रेटफूल टूर्सको निशुल्क बस सेवा सुरु

प्रकाशित मिति: 2020/03/21

चैत्र ८, काठमाण्डौं । कोरोना भाईरसको संक्रमणलाई मध्यनजर राख्दै ग्रेटफूल ट्राभल एण्ड ट्रान्सपोर्टकोले भोली आईतबारदेखी काठमाण्डौबाट नुवाकोटको त्रिशुली र काभ्रेको दोलालघाट सम्म निशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ ।
कोरोना भाईरसको संक्रमण बढ्दै गएको स्थीतिमा काठमाण्डौमा बसोबास गर्दै आईरहेका नुवाकोट र काभ्रे निवासी घर जान चाहने तर (अप्ठेरो परिस्थीतिमा अलपत्र परेकाहरुका लागि) निशुल्क बस सेवा सञ्चालन गरिएको ग्रेटफूल टूर्स एण्ड ट्रान्सपोर्टका अध्यक्ष तथा प्रबन्ध निर्देशक रमेश गौतमले जानकारी दिए ।
अध्यक्ष  गौतमले आज एक प्रेश बिज्ञप्ती जारी गर्दै तत्कालको अवस्थामा दुई स्थानका लागि सेवा प्रवाह गरेको र आवश्यक्ता अनुसार अन्य स्थानका लागि समेत सेवा थप गर्ने बताए ।
दुई स्थानमध्ये नुवाकोट जानको लागि गन्तव्य नेपाल ग्रुपका अध्यक्ष तथा स्थानिय समाजसेवी शिव अधिकारीको पहलमा  यात्राको प्रवन्ध मिलाईएको छ । नुवाकोटबासीले शिव अधिकारी(९८५१०९३५०४)मा सम्र्क राख्न सक्नेछन । यस्तै काभ्रेको दोलालघाट जानको लागि भने ग्रेटफूलका सञ्चालक रमेश गौतमलाई   ९८५१०७०६७४)मा सम्पर्क राख्न अनृुरोध गरिएको छ ।  

 

तपाईंको बिचार