Friday, August 18, 2017  |    

चाडपर्वका लागि सुपथ मूल्यका पसलहरु संचालन

प्रकाशित मिति: 2016/09/18

असोज २, काठमाडौं । देशभरका ३३ स्थानमा सरकारले सुपथ मूल्यका पसलहरु संचालनमा ल्याएको हो। दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै ल्याइएको सुपथ मूल्य पसल उपत्यकामा १३ र उपत्यकाबाहरि २३ स्थानमा संचालमा रहेको छन्।
 
संचालनमा आएका ति पसलहरु कात्तिक २२ गतेसम्म रहने छन्। बिहान १० बजेदेखि साँझ साढे ६ बजेसम्म ति पसलबाट उपभोक्ताले सामान खरिद गर्न सक्ने आपूर्ति मन्त्रालयले जनाएको छ।
 
उपत्यकामा रामशाहपथ, थापाथली, नख्खु, जाउलाखेल, बल्खु, टेकु, जडिबुटी, सूर्यविनायक, बुढानिलकण्ठ, बौद्ध, सतुङ्गल, नयाँ बानेश्वर र कालिमाटीस्थित साल्ट ट्रेडिङको परिसमा सुपथ मूल्यका पसलहरु संचालनमा आएका छन्।
 
उपत्यकाबाहिर बनेपा, बिर्तामोड, बिराटनगर, राजबिराज, लाहान, जनकपुर, वीरगञ्ज, हेटौंडा, नारायणगढ, पोखरा, बागलुङ, भैरहवा, टिकापुर, कपिलबस्तु, दाङ, सुर्खेत, नेपालगञ्ज, धनगढी, महेन्द्रनगर, दिपायल, डढेलधुरा, कन्चनपुर, नुवाकोटमा सुपथ मूल्य पसलहरु संचालनमा आएका छन्।  साथै चक्रपथ आसपासका मुख्य बजार क्षेत्रमा तीन वटा गाडीबाट घुम्ती सेवाका पसलहरु पनि संचालन हुने आपूर्ति मन्त्रालयले जनाएको छ।
 
अन्य समयमा भन्दा चामल प्रतिकेजी १० रुपैयाँ सस्तो पाइने छ भने नुनमा प्रतिकेजी २ र चिनीमा प्रतिकेजी ५ रुपैयाँ सस्तो पाइने मन्त्रालयले जानकारी दिएको छ। साथै  खसी, बोका, च्याङ्ग्रामा पनि प्रतिकेजी १० रुपैयाँ छुटको व्यवस्था गरिएको जनाइएको छ।
 
दाल तथा गेडागुडीमा पनि प्रतिकेजी १० रुपैयाँको हाराहारीमा छुट पाइने बताइएको छ। यीबाहेक दुग्ध विकास संस्थानले आफ्ना पसलहरुबाट घ्यू प्रतिकेजी १० र पनिर प्रतिकेजी ५ रुपैयाँ छुट दिने भएको छ।

शुपथ पसल

तपाईंको बिचार