Friday, October 20, 2017

असन्तुष्टि जनाउँदै सामान्य प्रशासन मन्त्रालय घेराउ

प्रकाशित मिति: 2016/09/18

असोज २, काठमाडौं । सरुवामा असन्तुष्ट विभिन्न दल निकट कर्मचारी संगठनले आइतबार सिंहदरवारस्थित सामान्य प्रशासन मन्त्रालय घेराउ गरेका छन् ।

जुलुस नै लिएर मन्त्रालय घेराउ गर्न पुगेका कर्मचारीलाई प्रहरीले रोकेपछि ती संगठनका प्रतिनिधिमात्रै छलफलका लागि सचिवको कार्यकक्षमा गएका छन् । सामान्य प्रशासन मन्त्रालयले मापदण्ड बनाएर दुई दिनअघि कर्मचारी सरुवा गरेको थियो ।

 

तपाईंको बिचार