Monday, July 24, 2017  |    

मधेसी मोर्चाद्धारा डेढ करोड उपचार खर्चको विल सरकार समक्ष पेश

प्रकाशित मिति: 2016/09/18

असोज २, काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले डेढ करोडको उपचार खर्चको विल सरकारलाई बुझाएको छ ।
मधेसी मोर्चाका नेताहरुले आइतबार उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिलाई भेटेर मधेस आन्दोलनमा घाइते भएकाहरुको उपचारमा खर्च भएको रकमको विल पेश गरेका हुन । विभिन्न व्यक्तिको ४३ लाख सम्मको बिल रहेको सदभावना पार्टीका महासचिव मनिष सुमनले बताएका छन ।
उनका अनुसार यो रकम मधेसी मोर्चालाई नभई सम्वन्धित अस्पताल र व्यक्तिलाई दिन आग्रह गरिएको छ । मधेस आन्दोलनका क्रममा घाइते भएकाहरुको उपचार वीर, शिक्षण, धरान, बिराटनगर र भैरहवा लगायतका अस्पतालमा भएको थियो । ति अस्पतालमा उपचार भएको रकम तिर्न बाँकी छ  ।
यस्तै घाइतेहरुले आफ्नै खर्चमा गरेको उपचारको पनि विल सकारलाई बुझाइएको छ । जसमा शिक्षण अस्पतालमा उपचाररत श्रवण झाको झण्डै ५ लाख र भोगेन्द्र यादवको अझै ७ लाख रुपैयाँ छ ।
यसैबिच मधेसी मोर्चाले आन्दोलनका क्रममा मारिएका थप ६ जनालाई सहिद घोषणाका लागि दबाव दिएको छ । यसअघि बुझाएको सुचीमा रहेका ६८ जना मध्ये ५२ जनालाई सहिद घोषणा गरिएको छ ।
बाँकीलाई सहिद घोषणा गर्न भनिएको सुमनले बताए । यो सुचीमा वीरगञ्जमा मारिएका भारतीय नागरिक आशिष राम र महोत्तरीमा आत्महत्या गरेका एक व्यक्ति पनि छन । यस्तै आन्दोलनका क्रममा अंगभंग भएकाहरुको सुची पनि गृहमन्त्रीसमक्ष पेश गरिएको छ ।
 

 

तपाईंको बिचार