Friday, March 24, 2017  |    

छिमेकीसँग सुमधुर सम्बन्ध राख्छौ, शत्रुता कमाउँदैनौ :नेपाल

प्रकाशित मिति: 2016/09/18

आश्विन २, काभ्रे । नेकपा एमालेका नेता माधवकुमार नेपालले आफ्नो पार्टी छिमेकीसँग सुमधुर सम्बन्ध राख्ने पक्षमा रहेको बताएका छन् ।
आईतबार एक बिद्यालयको १०औँ बार्षिकोत्सवमा सहभागी हुन बनेपा आएका नेता नेपालले भारतले पनि त्यसको लागि पहल गर्नुपर्ने बताए । आफुहरुलाई शत्रु कमाउन चाहना नरहेको भन्दै त्यसका लागि पारस्परिक सम्वाद आवश्यक भएको बताए ।    नेपालको समस्या समाधान गर्न आफैं सक्षम भएको बताउँदै छिमेकीले नेपाल सार्वभौमसत्ता सम्पन्न र भौगोलिक रुपमा अखण्ड मुलुक भएको बुझ्नुपर्ने बताए ।
एमालेलाई पाखा लगाएर संविधान कार्यान्वयन जटिल भएको भन्दै नेता नेपालले समझदारी कायम गर्न सरकारसँग आग्रह गरे । शत्रुता कायम गरेर, दूरी बढाएर, एमालेलाई कम आँकलन गरेर संविधान कार्यान्वयन सम्भव नहुने भन्दै उनले स्थानीय निकाय, प्रदेश र केन्द्रको निर्वाचनपछि संरचना खडा गरेर संविधान कार्यान्वयन गर्न दलहरुवीच समझदारी बनाउनुपर्नेमा जोड दिए ।

 

 

तपाईंको बिचार