Sunday, March 26, 2017  |    

रसुवा– नुवाकोट पर्यटन समाजका अध्यक्ष न्यौपाने सम्मानित

प्रकाशित मिति: 2016/09/18

असोज २, रसुवा । रसुवा– नुवाकोट पर्यटन समाजका अध्यक्ष तथा बरिष्ठ पर्यटन व्यावसायी बलराम न्यौपाने सम्मानित भएका छन ।
शनिबार नुवाकोटको गेर्खु गाविस वडा न. ४ स्थीत उत्तरगया पब्लिक ईङलिस स्कुलको स्थापनाको २५ औं बर्षगाँठ रजत जयन्तीको अवसरमा आयोजित एक बिशेष कार्यक्रमका बिच बिद्यालयका तर्फबाट नेपाली कांग्रेसका नेता डा. रामशरण महतले सम्मान गरेका हुन ।
भुकम्पअघि र भुकम्पपछिको बिद्यालय शिक्षाको बिकासमा महत्वपुर्ण योगदान पुर्याएको तथा बिद्यालयको अभिभाभकको रुपमा समेत महत्वपुर्ण भुमिका निर्वाह गरेको भन्दै दुई अलग बिधामा सम्मानित हुुनुभएको हो ।
रसुवा ट्रेक्सका प्रबन्ध निर्देशक समेत रहेका न्यौपानेको रसुवा जिल्लाको शैक्षिक लगायत स्वास्थ्य क्षेत्र बिकासमा समेत महत्वपुर्ण योगदान रहेको छ ।
सम्मान ग्रहणपछि न्यौपाने आफुलाई जिल्लाको शैक्षिक बिकासमा लागिरहन अझ उत्प्रेरणा र हौसला प्रदान गरेको भन्दै आगामी दिनमा पनि शिक्षाको बिकासमा हरसम्भव योगदान पुर्याउने बताउनुभयो ।  
कार्यक्रममा बिभिन्न राजनीतिक दलका स्थानिय प्रतिनिधी, व्यावसायी, शिक्षक, अभिभावक, बिद्यार्थीका साथै स्थानियहरुको उल्लेख्य उपस्थीति थियो ।
शैक्षिक बिकासमा महत्वपुर्ण भुमिका खेलेको भन्दै न्यौपाने केही समयअघि शिक्षा मन्त्रालयबाट समेत सम्मानित हुनुभएको थियो ।

 

तपाईंको बिचार