Thursday, June 29, 2017  |    

ट्याक्सी १० वर्षसम्म बेच्न पाइँदैन : व्यवसायी

प्रकाशित मिति: 2016/09/19

असोज ३ काठमाडौं । नेपाल लोकतान्त्रिक यातायात मजदुर संगठनले भूकम्प प्रभावितका लागि दिन लागिएका ट्याक्सी दश वर्षसम्म विक्री गर्न नपाउने व्यवस्था गर्न माग गरेको छ।
 
संगठनले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सवारी चालक अनुमति पत्र भएका भुकम्प प्रभावितको नाममा मात्र ट्याक्सी दर्ता गर्न र दर्ता गरेको १० वर्षसम्म विक्री गर्न नपाउने व्यवस्था गर्न माग गरेको हो।
 
 संगठनले काठमाडौमा संचालित ट्याक्सीमध्ये ८० प्रतिशत ट्याक्सी सीमित व्यवसायीहरुको हातमा रहेको र त्यसका कारण ट्याक्सी व्यवसायमा विकृति बढेको बताए। एउटा परिवारले ५ वटा भन्दा बढी ट्याक्सी दर्ता गर्न नपाउने गरी हदबन्दी तोकिनुपर्नेमा माग छ।
 
संगठनले चक्रपथबाहिर जाँदा मिटरमा जानुपर्ने व्यवस्थाको अन्त्य गरिनुपर्ने, घुसका लागि ट्राफिक प्रहरीले ट्याक्सी चालकहरुलाई जथाभावी रुपमा जरिवाना तिराउन खोज्ने प्रवृत्तिको अन्त्य गरिनुपर्ने लगायतका १९ बुँदे माग सम्बोधन नगरिए ट्याक्सीलाई सडकमा तेस्र्याएर उपत्यकाको यातायात अवरुद्ध पार्ने चेतावनी दिएको छ।

तपाईंको बिचार