Thursday, March 30, 2017  |    

टुँडिखेलमा पहिलो संविधान दिवस मनाईदै

प्रकाशित मिति: 2016/09/19

असोज ३, काठमाडौं । संविधानसभाबाट संविधान जारी भएको एक वर्ष पूरा भएको अवसरमा सोमबार बिहान काठमाडौंको टुँडिखेलमा सरकारले ‘संविधान दिवस’ मनाएको छ ।

संविधान दिवस मूल समारोह समितिको आयोजनामा बिहान सैनिक मञ्च टुँडिखेलमा संविधान दिवस मनाइएको हो । सोमबार देशैभर संविधान दिवस विविध कार्यक्रम मनाइयो ।

टुँडिखेलमा भएको कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रधानन्यायाधीश सुशीला कार्कीलगायत संवैधानिक अंगका प्रमुखहरुको उपस्थिति थियो । उपराष्ट्रपति नन्दबहादुर पुन भने विदेश भ्रमणमा छन् ।

विशिष्ट पदाधिकारीको उपस्थितिमा नेपाली सेनाले हेलिकप्टरबाट ‘संविधान दिवस– २०७३’ अंकित व्यानर प्रदर्शन गरेको थियो । हेलिकप्टरबाटै पुष्पवृष्टि, बेलुन उडाइएको थियो । विशिष्ट पदाधिकारीले शान्तिका प्रतीक परेवा उडाए ।

कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, स्काउट र विभिन्न विद्यालय तथा कलेजका विद्यार्थीहरुले मार्स पास गरे ।

 

नेपालको संवैधानिक इतिहासमा यसअघि ६ वटा संविधान जारी भए पनि संविधानसभाबाटै जारी भएको यो पहिलो संविधान हो ।

तपाईंको बिचार